सेयर बजारमा झण्डै ९ अङ्कको वृद्धि, साढे ५ अर्ब रुपैयाँको कारोबार

  • २०८१ जेष्ठ २८, सोमबार (५ महिना अघि)
  • १५७ पटक पढिएको
सेयर बजारमा झण्डै ९ अङ्कको वृद्धि, साढे ५ अर्ब रुपैयाँको कारोबार

काठमाडौं– आज सेयर बजार बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९० अङ्कले बढेर २ हजार ८२ दशमलव ०९ विन्दुमा पुगेको छ ।

Advertisement

आज बैंकिङ, होटल, जीवन बीमा, म्युचल फन्ड, अन्य र व्यापार बाहेक सबै समूहको सेयर बढेकोमा निर्जीवन बीमा, हाइड्रोपावर समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज कुथेली बुखारी हाइड्रोपावर, त्रिशूली जलविद्युत् कम्पनी र पिपुल्स पावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन जानकी फाइनान्स कम्पनीको सेयर भने साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । आज ३ सय १४ वटा कम्पनीका १ करोड १६ लाख कित्ता सेयर ५ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट