कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ जना ९४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ

  • २०८१ अषाढ २, आईतबार (५ महिना अघि)
  • २०८ पटक पढिएको
कृषि विकास सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ जना ९४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं– सर्वसाधारणको ९४ करोड २३ लाख रुपैयाँ बचत रकम हिनामिना गरेको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

Advertisement

सर्वसाधारणलाई आकर्षक ब्याज दिने प्रलोभन देखाई बचतकर्ताहरूको रकम अपचलन गरेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक र व्यवस्थापकहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले पक्राउ पर्नेहरूमा तेजविक्रम थापा, उनका श्रीमती सजना राजकर्णिकार, सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका बताए । तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाडौं गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् । त्यस्तै काठमाडौंको कीर्तिपुरका महर्जन र काठमाडौं चाबहिलका सापकोटा संस्थाका सदस्य रहेका एसएसपी भट्टराईले बताए ।

तेजविक्रम थापाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा पाँच सय ६६ जनाले जाहेरी दर्ता गरेका छन् । पक्राउ परेकाहरूले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेका प्रहरीले बताएको छ । कृषि विकास सहकारीमा दुई हजार पाँच सय ३१ जनाको दुई अर्ब ८० करोड रुपैयाँ बचत रहेको प्रहरीले बताएको छ ।

यसैगरी उनी अध्यक्ष रहेको जावलाखेलमा सञ्चालित कृषि र गोर्खा टेलिभिजनमा कार्यरत कर्मचारीहरुले विगत १ बर्षभन्दा बढी समयदेखि तलब पाएका छैनन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट