राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

  • २०८१ अषाढ ४, मंगलबार (५ महिना अघि)
  • १११ पटक पढिएको
राजेन्द्र लिङ्देनले रोष्ट्रममै च्याते बजेट पुस्तिका

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

Advertisement

मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यातेका हुन् ।

उनले भने, ‘जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा प¥यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हु¥याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हु¥याउनुपर्ने त्यहाँ नहु¥याएर यहाँ (पोडियम) राख्छु मैले’, उनले भने ।

अध्यक्ष लिङ्देनले बजेट पुस्तिका च्यातेपछि विपक्षी दलका सांसदहरुले टेबुल ठोकेर समर्थन गरे । लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा आक्रोश आफूमा मात्रै नरहेको बताए ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट