काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब रुपैयाँ अनुदान दिने भएको छ ।
मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एडिबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) बराबर अनुदान दिएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बताए ।
२०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले तल्लो तटीय क्षेत्रमा क्षति पु¥याउनुका साथै मेलम्ची खानेपानीको हेडवर्क्स नै पुरेको थियो । अहिले सरकारले त्यो हेडवर्क्स नयाँ ठाउँमा सार्ने तयारी गरेको छ ।
सरकारले अम्बाथानबाट एक किलोमिटर माथि सर्कथलीमा बाँध सार्ने तयारी गरिरहँदा एडिबीले जलवायु परिवर्तनको असरसँग सम्बन्धित शीर्षकममा उक्त अनुदान रकम उपलब्ध गराउन लागेको हो ।
अनुदान दिएको रकम पनि बाँध बनाउनै खर्च हुने सचिव आचार्यले जानकारी दिए । नयाँ ठाउँमा बाँध सार्न करिब ४ अर्ब खर्च हुने खानेपानी मन्त्रालयको अनुमान छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप