काठमाडौं– आज सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज १८ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप