काठमाडौं– सुनको मूल्य तोलामा १ लाख ५० हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो ।
आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएर कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुन तोलामा १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलामा १ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर १ हजार ८९५ रुपैयाँ कायम भएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप