काठमाडौं– चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ । आज दिउँसो ४ बजे ल्याउने तयारी भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
केही ठाउँबाट आउनुपर्ने तथ्याङ्क पनि आइनसकेको र पछिल्लो राजनीतिक घटनाक्रमले परिस्थिति पनि केही परिवर्तन भएकाले मौद्रिक नीतिको तयारी नपुगेको बुझिएको छ ।
स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा डा.युबराज खतिवडालाई नियुक्त गरेपछि मौद्रिक नीतिमा उनले पनि चासो राखेको र बिफ्रिङ गर्नुपर्ने भएकाले मौद्रिक नीति सार्वजनिकको मिति अर्को सातालाई सारिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप