वसन्त ऋतुका लागि सगरमाथा आरोहणका लागि ४ सय १४ जनाले पाए अनुमति

  • २०८१ बैशाख २९, शनिबार (६ महिना अघि)
  • १६२ पटक पढिएको
वसन्त ऋतुका लागि सगरमाथा आरोहणका लागि ४ सय १४ जनाले पाए अनुमति

काठमाडौं– यो वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको छ । दक्ष कामदार (आइसफल डाक्टर)ले शुक्रबार बेलुका सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँगेपछि) गरेपछि आरोहण सुरु भएको हो ।

Advertisement

सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार बेलुका ८ बजेर १५ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै आरोहण खुलेको छ ।

“सगरमाथा हिमालचुलीको शिखरसम्म बाटो निर्माण (रोप फिक्सिङ) सम्पन्न भएको छ । यससँगै टोलीमा संलग्न १० जना आरोहीहरुबाट सर्वोच्च चुलीको यो यामको पहिलो आरोहण सम्पन्न भएको छ”, विज्ञप्तिमा भनिएको छ ।

पर्वतारोही डेन्डी शेर्पाको नेतृत्वमा रोप फिक्सिङ टोलीमा संलग्न सदस्यले सगरमाथाको चुचुरोसम्म सफलतापूर्वक डोरी टाँगेको विभागले उल्लेख गरेको छ ।

यो आरोहणसँगै सगरमाथाका लागि अनुमतिप्राप्त स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहणको बाटो खुलेको विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङले बताए ।

विभागका अनुसार यो याममा सगरमाथा आरोहण गर्न ४१ समूहका ७५ महिला र तीनसय ३९ पुरुषसहित चार सय १४ जनाले अनुमति लिएका छन् । अझै केही टोली बढ्नसक्ने विभागको अनुमान छ । यी आरोहीबाट सलामी रकम रु ५९ करोड २३ लाख पाँच हजार आठ सय ४९ राज्यकोषमा दाखिल भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट