रारामा रिसोर्ट बन्ने भएपछि मुगुबासी उत्साहित

  • २०८१ बैशाख २९, शनिबार (६ महिना अघि)
  • १२८ पटक पढिएको
रारामा रिसोर्ट बन्ने भएपछि मुगुबासी उत्साहित

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा ‘रारा रिसोर्ट’ निर्माण हुने भएपछि मुगुबासी उत्साहित भएका छन् ।

Advertisement

काठमाडौंमा वैशाख १६ र १७ मा भएको तेस्रो लगानी सम्मेलनमा रारामा बन्ने पहिलो लक्जरी रिसोर्टका लागि अष्ट्रेलियन गुप्रले लगानी गर्ने गरी सम्झौता भएको छ ।

रारामा वैदेशिक लगानी भित्रिन लागेको र यसबाट कर्णालीको पर्यटन क्षेत्रमा नै योगदान पुग्ने अपेक्षा गरिएको छ । रारा ताल क्षेत्रमा लामो समय अष्ट्रेलियामा बस्दै आएका बद्री अर्याल र सञ्जीव शर्माले एक्सपर्ट गुप्रमार्फत् लगानी भित्र्याउनु भएको हो । एक्सपर्ट गुप्रले अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युतको क्षेत्रमा लगानी गर्दै आएको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा झण्डै ७० करोड लगानी हुने भनिएको छ ।

आयोजनामा दोस्रो चरणमा ४० करोड लगानी थप हुने निर्माण कम्पनीले जनाएको छ । समुद्र सतहदेखि तीन हजार सात सय मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालको मनमोहक दृश्य देख्न सकिन्छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट