‘शिक्षाको लागि भिक्षा अभियान’ मा सबैमा अपिल गर्दछु । गरिब, विपन्न, निमुखा, बेसाहारा र बेनीघाट रोराङ गाउँपालिका भित्रका सिमान्तकृत चेपाङ सुमदायका बालबालिकालाई आवासिय रुपमा गुणस्तरीय शिक्षाका लागि पालिकाले अभियान थालेको छ । बेनीघाट रोराङ गाउँपालिका– ७ को चरौँदी खेल मैदानमा महायज्ञ लगाउने पालिकाको बैठकबाट सर्वसम्मत निर्णय भएको छ । भागवत मञ्जरी राधिका दासीको मुखाराविन्दुबाट कथा वाचत हुने छ । श्रीमद् भागवत सप्ताह २०८१ माघ १७ देखि २३ गते सम्मको महायज्ञमा उपस्थित भई सक्दो सहयोगको लागि हार्दिक अपिल गर्दछु ।
बेनीघाट रोराङ गाउँपालिकाले गत शैक्षिक सत्र देखि वडा नम्बर ८ को कालिका माध्यामिक विद्यालयमा र अन्य ६ वटा आधारभूत विद्यालयका २ कक्षा देखि ५ कक्षा सम्मका २०० जना विद्यार्थी छात्र छात्राहरूलाई लत्ताकपडा तथा शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ । एक जना स्वास्थ्यकर्मी सहित आवासिय विद्यालयको रूपमा स्थापना गरिएको छ । गुणस्तरिय शिक्षामा पुगेको जोडले अन्य वडाहरुमा पनि यो अभियान चलाउन महायज्ञ लगाउन लागिएको हो । निःशुल्क र गुणस्तरीय शिक्षामा ठूलो सहयोग पुग्ने अपेक्षा रहेको छ । यो महायज्ञमा तपाई हामी सबैको साथ रहे गरिव, विपन्न, सिमान्तकृत चेपाङ बालबालिकाको शिक्षामा पहुँच पुग्नेछ । शिक्षाको उज्यालो घाममा उनीहरुको भविष्य सुन्दर हुने छ । त्यसैले यो अभियानमा सबै जोडिन हार्दिक अनुरोध गर्दछु ।
हेमनाथ थपलिया: बेनीघाट रोराङ गाउँपालिका, गाउँ शिक्षा समिति सदस्य
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप