काठमाडौं– धादिङको गंगा जमुना गाउँपालिकाले जेष्ठनागरिक सम्मान तथा अनुभव आदनप्रदान कार्यक्रम सञ्चालन गरेको छ ।
९० वर्षभन्दा माथिका वृद्धवृद्धाहरुको घरघरमै पुगेर उनीहरुको अनुभव सुन्ने र सम्मानस्वरुप लौरो, पुरुषलाई ढाकाटोपी, महिलालाई ऊनीको टोपी, दोसल्ला र हर्लेक्स वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले बताए ।
उनका अनुसार पालिकाभरीका १७५ जना वृद्ध वृद्धाहरुलाई वितरण गर्ने योजना बनाएको छ । हालसम्म पालिकाको वडा नं ४ मा वितरण गरिसकेको र क्रमश: अन्य वडामा वितरण गर्ने तयारी गरिएको उनले बताए । जेष्ठ नागरिक वडासम्म आउन नसक्ने भएकाले घरघरमै गएर वितरण गरिएको उनको भनाइ छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप