काठमाडौं– काठमाडौं महानगरपालिकाले देशभरका अशक्त र गरिब नागरिकलाई निःशुल्क उपचार सेवा दिने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै मेयर बालेन्द्र शाहले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब बिरामीलाई आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउन अनुरोध गरेका छन् ।
महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निःशुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उनले बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुने बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप