भ्यालेन्टाइन डे: स्थानीय उत्पादनले धान्न नसक्दा ९० प्रतिशत गुलाब भारतबाट आयात

  • २०८० फागुन २, बुधबार (७ महिना अघि)
  • १८४ पटक पढिएको
भ्यालेन्टाइन डे: स्थानीय उत्पादनले धान्न नसक्दा ९० प्रतिशत गुलाब भारतबाट आयात

काठमाडौं– भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको नाममा गुलाबको फूलको कारोबार बढेको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपालका अनुसार झण्डै तीन लाख ५० हजार वटा गुलाबको फूलको माग छ ।

Advertisement

एउटा रातो गुलाबको मूल्य ८० देखि एकसय रुपैयाँसम्म पर्ने व्यापारीहरु बताउँछन् । यस हिसाबले भ्यालेन्टाइन डेको बेलामा मात्रै झण्डै ३ करोड ५० लाख रुपैयाँको गुलाबको फूलको कारोबार हुने गर्छ ।

एसोसिएसनका उपाध्यक्ष सिताराम पन्तले कुल मागमध्ये १० प्रतिशत आन्तरिक उत्पादन हुने र ९० प्रतिशत गुलाब भारतबाट आयात गर्नुपरेको बताए ।

मागअनुसार स्वदेशमा उत्पादन हुन नसक्दा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि भारतबाट गुलाब ल्याइएको उनको भनाइ छ । उपाध्यक्ष पन्तका अनुसार कुल मागको ६० प्रतिशत काठमाडौं उपत्यकामा र बाँकी ४० प्रतिशत गुलाब देशका अन्य सहरमा खपत हुने गरेको छ ।

नेपालमा वैशाखदेखि गुलाबको फूल उत्पादन हुने र स्थानीय उत्पादनले नै बजारको माग धान्ने उनको भनाइ छ । तर विशेष गरी प्रणय दिवस एक हप्ताअघिदेखि नै नेपालमा पनि मनाउने चलन रहेको हुँदा प्रेमको प्रतीक मानिने रातो गुलाबको फूलको माग र कारोबार बढ्ने भएकाले यो समयमा भारतबाटै आयात गर्नुपर्ने एसोसिएसनले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट