डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै दुर्व्यवहार

  • २०८० फागुन ४, शुक्रबार (७ महिना अघि)
  • १९१ पटक पढिएको
डीडीसीका महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै दुर्व्यवहार

काठमाडौं– उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि आज कार्यकक्षमै दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।

Advertisement

झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ ।

केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट