धादिङमा बस र ट्रक एक आपसमा ठोक्किदा २५ जना भन्दा बढी घाइते

  • २०८० फागुन ५, शनिबार (७ महिना अघि)
  • ३९६ पटक पढिएको
धादिङमा बस र ट्रक एक आपसमा ठोक्किदा २५ जना भन्दा बढी घाइते

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका– ३ हिलटप होटल नजिक बस र ट्रक एक आपसमा ठोक्किदा २५ जना भन्दा बढी घाइते भएका छन् ।

Advertisement

काठमाडौंबाट चितवन तर्फजादै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको लु १ ख ५२६८ नम्बरको ट्रक एक आपसमा ठक्कर खादा २५ भन्दा बढी यात्रुहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए ।

दुर्घटनामा परि घाइते भएकाहरुको नजिकैको स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । राजमार्गमा भने कुनै अवरोध नभएको डिएसपी जैसवारले बताए ।

घटनाको थप विवरण भने आउन बाँकी छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट