प्रहरी समायोजन अघि बढाउन ५ सदस्यीय समिति गठन

  • २०८० फागुन ५, शनिबार (७ महिना अघि)
  • २२८ पटक पढिएको
प्रहरी समायोजन अघि बढाउन ५ सदस्यीय समिति गठन

काठमाडौं– गृह मन्त्रालयले प्रहरी समायोजन अघि बढाउन पाँच सदस्यीय समिति गठन गरेको छ । प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा समिति गठन गरेको गृह मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

Advertisement

प्रशासन माहाशाखामा प्रमुख तोकिएका छैनन् । अहिले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायणप्रसाद भट्टराईले प्रशासनको जिम्मेवारी पनि सम्हालेका छन् । समितिको सह–संयोजकमा मन्त्रालयका नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव थानेश्वर गौतम, प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक र मन्त्रालयका उपसचिव सदस्य छन् ।

मन्त्रालयका प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य–सचिव रहने गरी पाँच सदस्यीय समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ । कानुनअनुसार ‘प्रहरी कर्मचारी समायोजन समिति’ बनाएर समायोजन शुरु भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

प्रहरी समायोजन ऐन–२०७६ बमोजिम नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी सङ्घीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउन काम भइरहेको मन्त्रालयले जनाएको छ । प्रदेश तहमा प्रहरी नहुँदा काम गर्न समस्या भइरहेको भन्दै सबै प्रदेश मुख्यमन्त्रीहरूले प्रहरी समायोजनका लागि दबाब दिँदै आएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट