रौटहटको ईशनाथ नगरपालिकाका थप वडाहरुमा पनि कर्फ्यू

  • २०८० फागुन ६, आईतबार (९ महिना अघि)
  • २३८ पटक पढिएको
रौटहटको ईशनाथ नगरपालिकाका थप वडाहरुमा पनि कर्फ्यू

काठमाडौं– रौतहटको ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले हिजोदेखि लगाएको कर्फ्यूको दायरा बढाइएको छ ।

Advertisement

सरस्वती पुजाको मूर्ति सेलाउने विषयमा विवाद भएर दुई समुदायबीच झडप हुन थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो साँझदेखि ईशनाथ नगरपालिकाको वडा नं. ६ र ७ मा कर्फ्यू लगाएको थियो ।

ती दुई वडाबाहेक अन्य वडाहरुमा पनि साम्प्रदायिक दंगा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालयले वडा नं. २, ३, ४ र ५ मा पनि आज दिउँसोबाट कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने अप्रिय घटना तथा जनधनको क्षति हुन नदिन कर्फ्यूको दायरालाई बढाइएको बताए । अर्को आदेश नहुन्जेलसम्मका लागि उक्त क्षेत्रमा कर्फ्यू जारी रहने उनले बताए ।

हिजो दुई समुदायबीच झडप हुँदा ६ जना भन्दा बढी स्थानीय घाइते भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट