तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते

  • २०८० फागुन ७, सोमबार (७ महिना अघि)
  • १३९ पटक पढिएको
तनहुँमा जन्ती बोकेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते

काठमाडौं– तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु भएका मृतकका पहिचान खुलेको छ ।

Advertisement

मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती बोकेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आज विहान दुर्घटना भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट