समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन पहिलो प्राथमिकतामा छः उपकुलपति बराल

  • २०८० फागुन ११, शुक्रबार (६ महिना अघि)
  • १५३ पटक पढिएको
समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन पहिलो प्राथमिकतामा छः उपकुलपति बराल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले विश्वविद्यालयको वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । हिजो नियुक्तिपछि उनले शैक्षिक क्यालेण्डर कार्यान्वयन तथा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशनलाई प्राथमिकता दिइने बताए ।

Advertisement

यस्तै विश्वविद्यालयको पाठ्यक्रम अद्यावधिक गर्ने आफ्नो योजना रहेको उनको भनाइ छ । छनोट प्रक्रियाबाट छानिएका तीनजनामध्ये दोस्रो नम्बरमा रहेका बराललाई विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो उपकुलपतिमा नियुक्त गरेका हुन् ।

यसअघि धर्मकान्त बाँस्कोटाको कार्यकाल सकिएपछि कात्तिक १७ गतेदेखि उपकुलपति पद रिक्त थियो । त्रिविले दरखास्त आह्वान गरेपछि उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । छनोट प्रक्रिया शुरु भएपछि समितिले १४ जनाको ‘सर्टलिस्ट’ सार्वजनिक गरेको थियो ।

त्यसबाट पनि आइतवार उत्कृष्ट तीनजनाको नाम सिफारिस गरिएको थियो । तीन जनामध्येबाट दोस्रो नम्बरमा रहेका बराललाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गरेका हुन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट