मोरङमा लहरी गाडी पल्टिँदा जुम्ल्याहा दाजुबहिनीसहित तीनजना बालबालिकाको ज्यान गयो

  • २०८० फागुन ११, शुक्रबार (६ महिना अघि)
  • १९२ पटक पढिएको
मोरङमा लहरी गाडी पल्टिँदा जुम्ल्याहा दाजुबहिनीसहित तीनजना बालबालिकाको ज्यान गयो

काठमाडौं– मोरङको बुढीगंगा गाउँपालिका–४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन् ।

आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी आज बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

ज्योति अधिकारीका छोरा र छोरी जुम्ल्याहा रहेको उनले बताए । लहरी पल्टिँदा तीन जना बालाबलिकाको घटनास्थलमै मृत्यु भएको दाहालले बताए ।

बिहान ७ बजे उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो। उक्त लहरी ज्योतिको घरमा पल्टिएको प्रहरीले जनाएको छ । घटनास्थलमा क्रेनको सहयोगबाट शव निकाल्ने प्रयास भइरहेको छ । दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट