सडक विस्तारमा ढिलाइ भएको भन्दै जिल्ला समन्वय समिति प्रमुख अनशनमा

  • २०८० फागुन १२, शनिबार (९ महिना अघि)
  • २४९ पटक पढिएको
सडक विस्तारमा ढिलाइ भएको भन्दै जिल्ला समन्वय समिति प्रमुख अनशनमा

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक विस्तारमा ढिलाइ भएको भन्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले अनशन थालेका छन् । गौतमले हिजो दिउँसोदेखि आमरण अनसन थालेका हुन् । सडक विस्तारमा ढिलासुस्ती हुँदा लाखौँ नागरिकले सास्ती व्यहोर्नु परेको उनको भनाइ छ ।

Advertisement

सडक विस्तार तथा स्तरोन्नतीको ठेक्का पाएको गौरी पार्वती निर्माण सेवा प्रालिले ठेक्का सम्झौता भएको २० महिना पूरा हुँदा पनि लक्ष्य अनुसारको काम नगरेको गौतमले बताए । सडक बन्ने आधार पेस नभएसम्म आफ्नो आमरण अनशन नतोड्ने उनको अडान छ ।

अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक विस्तार तथा स्तरोन्नती गर्ने उद्देश्यले डिभिजन सडक कार्यालय भक्तपुर र गौरी पार्वती निर्माण सेवा प्रालिबीच २०७९ जेठ २० गते सम्झौता भएको थियो ।

धुलिखेलदेखि खावासम्मको चार किलोमिटर सडक विस्तारको काम ठेक्का सम्झौता भएको मितिले २२ महिना अर्थात् २०८० चैत १९ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । निर्माण व्यवसायीले काममा ढिलाए गरेको भन्दै सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट