कञ्चनपुरमा वडा कार्यालयभित्र झुण्डिएको अवस्थामा युवती मृत फेला

  • २०८० फागुन १३, आईतबार (६ महिना अघि)
  • १७४ पटक पढिएको
कञ्चनपुरमा वडा कार्यालयभित्र झुण्डिएको अवस्थामा युवती मृत फेला

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिकाको एक वडा कार्यालयभित्र युवती मृत फेला परेकी छन् । भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार दार्चुला घर भइ त्यही एक नगर प्रहरीसँग विवाह गरी बस्दै आएकी २० वर्षीया प्रमिला धामी मृत फेला परेकी हुन् । बिहान ४ बजेको समयमा योगा गर्न जाने मानिसहरुले युवती झुण्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।

अहिले घटनास्थलमा प्रहरी टोली परिचालनसँगै घटनाबारे अनुसन्धान थालिएको प्रहरी उपरीक्षक जोशीले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट