इलाम– २ मा वैशाख १५ मा उपचुनाव हुने

  • २०८० फागुन १३, आईतबार (६ महिना अघि)
  • १६६ पटक पढिएको
इलाम– २ मा वैशाख १५ मा उपचुनाव हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ ।

Advertisement

निर्वाचन आयोगको आज बसेको २०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो ।

यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको भदौ २६ मा निधन भएको थियो ।

यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट