सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

  • २०८० फागुन १४, सोमबार (८ महिना अघि)
  • २६१ पटक पढिएको
सांसदहरूले उठाएका विषयमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं– सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन् ।

Advertisement

रुलिङ भएसँगै १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ ।

सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले सांसदले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै आगामी बैठकमा जवाफ दिन  सरकारलाई निर्देशन दिएका छन् ।

यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विवादित मन्त्रीहरूको राजीनामाको माग गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट