धादिङमा १ हजार रोपनीमा लगाइएको अफिम खेती नष्ट

  • २०८० फागुन १४, सोमबार (६ महिना अघि)
  • ३७२ पटक पढिएको
धादिङमा १ हजार रोपनीमा लगाइएको अफिम खेती नष्ट

काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ का विभिन्न ठाउँमा अवैध रुपमा लगाइएका लागु औषध खेती नष्ट गरिएको छ । अवैध रुपमा लगाइएको लागु औषध अफिमको व्याड‚ बेर्ना, खेती फडानी गरी नष्ट गरिएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको ८५ जना प्रहरी टोलीले करिव १ हजार रोपनीमा लगाएको अवैध लागु औषध नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए ।

‘अवैध रुपमा लगाइएको लागु औषध नष्ट गर्ने अभियान अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा पुगेर नष्ट गर्दै आएका छौं । सोही अनुरुप बासखर्क‚ सिमटार‚ जरुङ‚ सुन्दरनागी‚ थामभञ्ज्याङ‚ लामाटार‚ ब्रुम्दी लगायतका स्थानहरुमा अवैध रुपमा लगाइएको लागु औषध नष्ट गरिएको हो’ एसपी केसीले भने ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट