बाराको एक वर्कसपमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो

  • २०८० फागुन १५, मंगलबार (६ महिना अघि)
  • १५० पटक पढिएको
बाराको एक वर्कसपमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौं– बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । तीन जना घाइतेको उपचार भइरहेको छ ।

Advertisement

निजगढ नगरपालिका– ७ मा रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसपमा ग्याँस वेल्डिङ गर्ने क्रममा सोमबार मध्याह्न विस्फोट भएको थियो ।

विस्फोटमा परी घाइते भएका वीरगञ्ज –९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको छ ।

वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवाल र वीरगञ्ज –९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो ।

तीन जना घाइतेको उपचार भइरहेको छ । निजगढ का सूर्यबहादुर थापाको सामुदायिक प्रसूति गृह अस्पतालमा उपचार भइरहेको छ भने वीरगञ्जका फिरोद देवान र भारतका अरविन साहको बयोधामा उपचार भइरहेको छ ।

बारा प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा कवाडी किन्ने भारतका रमेश जैसवाल र निजगढका टिकाराम पाख्रिनलाई पक्राउ गरेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट