धादिङको गजुरीबाट ६२० केजी गाँजासहित एक जना पक्राउ

  • २०८० फागुन १५, मंगलबार (६ महिना अघि)
  • ३७६ पटक पढिएको
धादिङको गजुरीबाट ६२० केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं– पृथ्वी राजमार्ग अन्तरगत धादिङको गजुरी गाउँपालिका स्थित विहानी पेट्रोल पम्प नजिकैबाट लागु औषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले ६२०.४४ के.जी लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सी. ले बताए ।

पक्राउ पर्नेमा मिनिट्रक चालक सर्लाही लालबन्दी नगरपालिका–७ वस्ने ३० वर्षीय सन्तोष कुमार साह रहेका छन् ।

सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको अवस्थामा मधेश प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनिट्रकमा कवाडीजन्य सामाग्रीहरुले छोपी चाउचाउ र विस्कुटको खोल टासेर ६२०.४४ के.जी लागू औषध गाँजा ४५ प्याकेट फेला पारेको हो ।

पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । बरामद गरिएको गाँजा विक्री प्रयोजनको लागि विदेशी बजारमा लैजादै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट