काठमाडौं– नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङलाई आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले सात दिने अल्टिमेटम सहित स्मरणपत्र बुझाइएको छ ।
आज महासंघका अध्यक्ष राजाराम शर्मालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) अध्यक्ष अर्जुन श्रेष्ठको नेतृत्वमा सात दिने अल्टिमेटम सहित स्मरणपत्र बुझाइएको हो ।
‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को देशैभर आन्दोलनको सर्कुलर कार्यक्रम अन्र्तगत आज जिल्ला महासंघका अध्यक्षलाई स्मरणपत्र बुझाइएको छ ।
फोनिज नेपाल पत्रकार महासंघको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत छ । तथ्य र प्रमाणको आधारमा नेपाल पत्रकार महासंघ (तत्कालिन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा सम्पुर्ण समितिबाट माग गरिएको थियो ।
तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार नभएकोले महासंघको नीतिविरुद्ध फोनिज निर्णयक आन्दोलनको चरणमा पुगेको स्मरणपत्रमा उल्लेख गरिएको छ ।
७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम नभए महासंघको केन्द्रिय कार्यालय सहित देशैैभरका कार्यालयहरुमा तालाबन्दी गरिने फोनिजले निर्णय गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) ले घोषणा गरेको सात दिने आन्दोलनका कार्यक्रमहरु
१.फागुन १४ गते विहान ७ बजे फोनिजका सवै समितिका नेतृत्वसंग आन्दोलनबारे भर्चुअल संवाद गर्ने
२. फागुन १५ गते विहान ११ वजे नेपाल पत्रकार महासंघका सबै शाखालाई फोनिजका सबै समिति मार्फत ७ दिने अल्टिमेटम सहित ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने माग सहित स्मरणपत्र बुझाउने ।
३. फागुन १६ गते ११ वजे सरोकारवाला पत्रकारनज्य संघसँस्था र व्यक्तिहरुसँग छलफल गर्ने ।
४. फागुन १७ गते ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने सन्देश फोनिजका सम्पुर्ण सदस्यहरुले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल,वरिष्ठ उपाध्यक्ष रमेश विष्ठ,महासनिव रोशन पुरीलाई मोबाइलमा पठाउने ।
५.फागुन १९ गते फोनिजका सम्पुर्ण सदस्यहरुले ‘सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर’ भन्ने मागसहित सन्देश पठाएको एसएमएसको स्कृनसट र संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटो फेसबुक लगायत सामाजिक सन्जालहरुमा पोष्ट गर्ने ।
६.स्मरणपत्र बुझाएको मितिले ७ दिनभित्र माग पूरा नभएमा फागुन २१ गते नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र सबै जिल्ला शाखाहरुमा अनिश्चितकालीन तालाबन्दी गर्ने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप