बाँसबारी जग्गा प्रकरणमा मालपोतले निर्णय गरेको फाइल झिकाउन सर्वाेच्चको आदेश

  • २०८० फागुन १८, शुक्रबार (६ महिना अघि)
  • १६६ पटक पढिएको
बाँसबारी जग्गा प्रकरणमा मालपोतले निर्णय गरेको फाइल झिकाउन सर्वाेच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णयको फाइल झिकाउन आदेश दिएको छ ।

Advertisement

न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुङ्गानाको इजलासले आज निर्णय फाइल झिकाउन आदेश दिएको हो । मालपोत कार्यालय डिल्लीबजारले १० रोपनी जग्गा फिर्ता गर्न गएको माघ २५ गते तत्कालीन च्याम्पियन फुटवेयर प्रा.लि. अर्थात् अहिलेको चाँदबाग रेसिडेन्सी प्रा.लि. बाँसबारीको नाममा पत्र काटेको थियो । त्यही पत्रको विरुद्धमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले आदेश जारी गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले व्यवसायी अरुण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई गएको माघ १८ गते पक्राउ गरेको थियो । उनीहरू जिल्ला अदालत काठमाडौंको आदेशअनुसार माघ २४ गते हिरासतबाट मुक्त भएका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट