काठमाडौं– नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरूले आज शपथ लिने भएका छन् ।
सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
नयाँ मन्त्रीहरूको शपथ आजै अपराह्न गर्ने तयारी छ । उनकाअनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन् ।