मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी झुन्डिएको अवस्थामा मृत फेला

  • २०८० फागुन २१, सोमबार (६ महिना अघि)
  • २०४ पटक पढिएको
मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं– मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत भेटिएका छन् । धनपालथान गाउँपालिका–३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।

Advertisement

बस्याल धनपालथान गाउँपालिका–३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले बताए ।

घटनास्थलमा प्रहरी पुगेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट