काठमाडौं– नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले पनि दुई मन्त्रीको नाम टुंग्याएको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई परराष्ट्रमन्त्रालयमा र अर्थ मन्त्रालयमा उपमहासचिव वर्षमान पुनलाई पठाइने भएको छ ।
नारायणकाजी यसअघि गृहमन्त्रालयमा रहेका थिए । माओवादीबाट उनले सरकारमा दोहोरिने मौका पाएका हुन् ।
ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पनि दोहोरिने भएका छन् । मन्त्रालयको टुंगो भने लगाउन बाँकी छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप