काठमाडौं– संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो ।
प्रतिनिधि सभा बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे संघीय संसद् भवनमा बस्ने संसद् सचिवालयले जनाएको छ ।
यसअघिको बैठकमा सहकारी तथा मिटरव्याज पीडितले न्याय पाउनुपर्ने माग गर्दै विपक्षी सांसद् अवरोध गरेपछि सूचना टाँसेर स्थगित गरिएको थियो ।
प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने लगायतका सम्भावित कार्यसूची छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप