काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारबाट एकीकृत समाजवादी पनि बाहिरिएको छ ।
एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री रहेका नरेश शाहीले आज बिहान मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर सरकारबाट बाहिरिएको बताएका हुन् ।
उनी बाहिरिएपछि आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् । बुधबार प्रदेश सरकारबाट माओवादी केन्द्र पनि बाहिरिएिको थियो ।
अब मुख्यमन्त्रीसँग नागरिक उन्मुक्ति पार्टीको मात्रै समर्थन छ । मुख्यमन्त्रीसँग नेपाली कांग्रेसको १८ र नागरिक उन्मुक्तिको ७ गरी २५ सांसदको मात्र समर्थन छ । ५३ सदस्यीय प्रदेश सभामा सरकार जोगिन २७ सांसदको समर्थन आवश्यक हुन्छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप