काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । आज दिउँसो तीन बजे सचिवालय बैठक बोलाइएको महासचिव घनश्याम भूसालले जानकारी दिए ।
उनका अनुसार पार्टीको पहिलो महाधिवेशनको तयारीका लागि सचिवालय बैठक बस्न लागेको हो ।
महाधिवेशनका लागि दस्तावेज तयार पार्न एकीकृत समाजवादीले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित चार जना नेतालाई जिम्मा दिइसकेको छ ।
एकीकृत समाजवादीको पहिलो महाधिवेशन आगामी जेठ ३ गतेबाट सुरू हुँदैछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप