सिरहामा ढुंगा प्रहार गरी महिलाको हत्या, दुईजना प्रहरीको नियन्त्रणमा

  • २०८० फागुन २६, शनिबार (६ महिना अघि)
  • १०६ पटक पढिएको
सिरहामा ढुंगा प्रहार गरी महिलाको हत्या, दुईजना प्रहरीको नियन्त्रणमा

काठमाडौं– सिरहाको गोलबजारमा एक जना महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका–६ का महेन्द्रकुमार साहकी श्रीमती करिब ३५ वर्षीय अनिताकुमारी साहको शुक्रबार राति हत्या भएको हो ।

Advertisement

सिलौटो(लोढी) ढुंगा प्रहार गरी हत्या भएको जस्तो देखिएको सिरहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले बताए । उनका अनुसार अनुहारमा ढुंगाले हिर्काएको चोट देखिएको छ । सुत्ने खाट नजिकै अनिताको शव फेला परेको हो ।

मृतक अनिताका पति समेत घाइते छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । साह दम्पती गत एक वर्षदेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर होटल सञ्चालन गर्दै आएका थिए ।

घटनास्थलमा एसपी आचार्यको टोली पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । घटनामा संलग्न भएको हुनसक्ने आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको एसपी आचार्यले जानकारी दिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट