काठमाडौं– आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले निवेदन दिएका छन् ।
सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङले पनि उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका हुन् । सुहाङसहित रविन्द्र सुवेदी, बुद्धि खनाल, देवी क्षेत्री दुलालले निवेदन पेस गरिसकेका छन् ।
एमाले जिल्ला कमिटीले उम्मेदवार चयनका लागि आवश्यक अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलले चैत ३ सम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेश गर्ने तयारी छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप