काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक हौसियर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको कांग्रेसलाई अहिले पनि समर्थन गर्न आग्रह गरेका छन् ।
संसदमा बोल्ने क्रममा अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउनु पर्ने कारणबारे प्रधानमन्त्रीले दिएको तर्क उचित भएको भन्दै कांग्रेसले समर्थन गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘मैले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएको थिएँ । कांग्रेस हौसिएर नयाँ ब्याट्री हालेजस्तो गरेर समर्थन गर्नुभएको छ । पोहोर समर्थन गर्न हुने अहिले चाहिँ किन नहुने ? पोहोर समर्थन गर्नुभएको थियो उफ्रिउफ्रि । त्यसबेला कांग्रेस सरकारमा त थिएन । भित्र के थियो । मलाई थाहा छैन । अस्ति रमेश लेखकको भाषणा सुन्दा त कांग्रेस छलछाम गर्दैगर्दैन नि होइन ?’
उनले उस्तै अवस्था र उही व्यक्तिलाई पोहोर समर्थन गर्न हुने, अहिले किन नहुने भनेर प्रश्न गरे ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप