माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने सहमति, बाबुराम भट्टराई भने विपक्षमा

  • २०८० चैत्र ३, शनिबार (८ महिना अघि)
  • १७६ पटक पढिएको
माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने सहमति, बाबुराम भट्टराई भने विपक्षमा

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच पार्टी एकता गर्ने सहमति भएको छ ।

Advertisement

आज माओवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ तथा नेपाल समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए ।

सहमतिमा माओवादी महासचिव गुरुङ र नेसपा महासचिव यादवले हस्ताक्षर गरेका छन् । नेसपाका अर्का अध्यक्ष बाबुराम भट्टराई भने पार्टी एकताको पक्षमा छैनन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट