गण्डकीमा मन्त्रिपरिषद पुर्नगठन, दीपक मनाङे बने चौथो पटक मन्त्री

  • २०८० चैत्र ५, सोमबार (८ महिना अघि)
  • २४० पटक पढिएको
गण्डकीमा मन्त्रिपरिषद पुर्नगठन, दीपक मनाङे बने चौथो पटक मन्त्री

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुर्नगठन गरेका छन् । उनले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।

Advertisement

मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी चौथो पटक मन्त्री बनेका हुन् । यसअघि उनी नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुई पटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एक पटक युवा तथा खेलकुदमन्त्री बनेका थिए ।

यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद पुनर्गगठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकेका छन् । नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो तीन बजे राखिएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट