काठमाडौं– सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले लामिछानेको राजीनामा माग गरेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले माघ २२ गते बचतकर्ताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र माओवादी विद्यार्थी नेता दीपेश पुन सहित १८ विरुद्ध उजुरी दिएको उनको भनाइ छ ।
‘दीपेश पुन गिरफ्तार भए पनि रवि लामिछानेजीले अझै ठुलो पद पाउनु भएको छ,’ उनले भने, ‘पीडितहरूले गोर्खा मिडिया प्रालिलगायतलाई विपक्षी बनाएर सप्रमाण उजुरी दिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लामिछानेविरुद्ध अनुसन्धान नै सुरु गरेको उनको भनाइ छ ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप