काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका विभिन्न ठाउँमा वर्षा

  • २०८० चैत्र ७, बुधबार (८ महिना अघि)
  • २१२ पटक पढिएको
काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका विभिन्न ठाउँमा वर्षा

काठमाडौं– काठमाडौं उपत्यकासहित कोशी, मधेश र बागमती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ ।

Advertisement

बिहानदेखि झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुंगा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार काठमाडौंका केही ठाउँमा पनि अहिले पानी परेको छ र दिउँसो पनि हल्का पानी पर्ने सम्भावना छ । गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पूर्वी भेगमा पर्सिसम्मै वर्षाको सम्भावना रहेको मौसमविद झाले जानकारी दिए । यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक÷दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट