उपनिर्वाचनका लागि इलाम–२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

  • २०८० चैत्र ७, बुधबार (८ महिना अघि)
  • १८८ पटक पढिएको
उपनिर्वाचनका लागि इलाम–२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

काठमाडौं– आगामी वैशाख १५ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाम–२ मा नेपाली कांग्रेसको क्षेत्रीय समितिले सर्वसम्मत रुपमा ७ जनाको नाम सिफारिस भएका छन् ।

Advertisement

कांग्रेसको इलाम–२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रुपमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला राई तामाङको नाम सिफारिस गरेको हो ।

उक्त नाममलाई बिहीबार (८ चैत)भित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने र प्रदेशले १० चैतमा केन्द्रमा नाम पठाउनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट