काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा आबद्ध हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
बिहीबार साँझ ओली निवास बालकोटमा पुगेका विप्लवले एमालेलाई पनि मोर्चामा आबद्ध हुन आग्रह गरेका हुन् । विप्लव अहिले समाजवादी मोर्चाका अध्यक्ष छन् ।
ओलीले सकरात्मक प्रतिक्रिया दिएपछि विप्लवले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन् ।
उनले बलियो कम्युनिष्ट शक्ति बनाउनका लागि एमालेलाई पनि मोर्चामा आबद्ध गराउनुपर्ने आफ्नो धारणा रहेको र त्यसका लागि ओलीसँग छलफल गर्न प्रचण्ड र माधव नेपालसँग आग्रह गरेको बताए ।
मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप