काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।
यही चैत ११ गतेका लागि बैठक आह्वान गरिएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
बैठक ११ः३० बजे ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप