होली लक्षित काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा

  • २०८० चैत्र १०, शनिबार (८ महिना अघि)
  • २०२ पटक पढिएको
होली लक्षित काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा

काठमाडौं– होली पर्वलाई मर्यादित र सुरक्षित बनाउन काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ ।

Advertisement

काठमाडौं, ललितपुर र भक्तपुरमा सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको र होली सुरक्षित र मर्यादित बनाइने काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि आग्रह गरेको छ ।

होली पर्व मनाउने क्रममा हुने दुर्घटना कम गर्नका लागि यस वर्ष काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० ठाउँमा बिहान ७ बजेदेखि नै जाँचको व्यवस्था मिलाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठले बताए । जाँचमा एक हजार जना ट्राफिक प्रहरी खटिनेछन् ।

यस्तै, ३० वटा मोबाइल भ्यान परिचालन गर्ने तयारी छ ।

अनुमति विपरीत रङ दल्ने, लोला हान्ने, अनावश्यक हो–हल्ला गर्ने, झै–झगडागर्ने लगायतका उच्छृङ्खल गतिविधि गर्नेहरुलाई समेत कारबाहीको दायरामा ल्याउने प्रहरीले जनाएको छ ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट