सुनिल र विकललाई २१ दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति

  • २०८० चैत्र १८, आईतबार (७ महिना अघि)
  • १९८ पटक पढिएको
सुनिल र विकललाई २१ दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति

काठमाडौं– विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ ।

Advertisement

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आज नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत पक्राउ गरेको थियो ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट