रुसमा युद्ध जारी रहेका बेला सरकारले श्रम स्वीकृति दिएको भन्दै कांग्रेसको विरोध

  • २०८० चैत्र १९, सोमबार (७ महिना अघि)
  • ८६ पटक पढिएको
रुसमा युद्ध जारी रहेका बेला सरकारले श्रम स्वीकृति दिएको भन्दै कांग्रेसको विरोध

काठमाडौं– नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले रुसमा श्रम स्वीकृति खुलाएको भन्दै विरोध गरेका छन् ।

Advertisement

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले रुसी सेनामा नेपालीहरु भर्ना भएको विषयमा मुकदर्शक भएको बेला श्रम स्वीकृति खुलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसद पौडेलले रुसमा श्रमिकको रुपमा गएर सेनामा भर्ना गराउन खोजिएको त होइन भन्दै प्रश्न गरेका छन् ।

उनले भने– ‘रुसमा युद्ध भइरहेको छ, हामी सबैलाई थाहा छ । नेपाल सरकारले नेपाली जनतालाई कडाइका साथ रुस नजान भन्नु पर्ने ठाउमा श्रम मन्त्रालयले श्रम स्वीकृति खुलाएको छ । यति नै बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ? यस भित्र गम्भीर स्वार्थ लुकेको हामीले देखेका छन् ।’

उनले रुसी सेनामा भर्ना भएर मृत्यु भएका परिवारलाई डिएनए परिक्षण गर्ने क्रममा आफन्तलाई सरकाले पिडादिएको आरोप समेत लगाए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट