बागमती प्रदेश: एमालेका ४ मन्त्रीले लिए शपथ

  • २०८० चैत्र २०, मंगलबार (७ महिना अघि)
  • २११ पटक पढिएको
बागमती प्रदेश: एमालेका ४ मन्त्रीले लिए शपथ

काठमाडौं– बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Advertisement

मंगलबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले एमालेबाट मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार प्रदेश सरकारमा एमालेका ४ मन्त्री नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्री प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट