सुनसरीको थप ३ पालिकामा निषेधाज्ञा जारी

  • २०८० चैत्र २३, शुक्रबार (१ साल अघि)
  • ३३७ पटक पढिएको
सुनसरीको थप ३ पालिकामा निषेधाज्ञा जारी

काठमाडौं– सुनसरी जिल्ला प्रशासन कार्यालयले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासन कार्यालयका कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा पनि कफ्र्यु आदेश जारी गरेका हुन् । यसअघि हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा निषेधाज्ञा जारी गरेको थियो ।

Advertisement

सुनसरीको भुटाहामा दुई समूहबिचको झडपले उग्ररुप लिएपछि अन्य पालिकामा पनि फैलन सक्ने भएकोले अर्को सूचना जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो ।

भुटाहामा शुक्रबार भएको झडपमा परी चार जना घाइते भएका छन् । प्रहरीले अहिलेसम्म चार दर्जनभन्दा बढी अश्रुग्याँस र हवाई फायर गरिसकेको छ । घाइते तीन जनाको विराटनगरमा र एक जनाको इनरुवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट